News Portal

ओली र प्रचण्ड सचिवालय बैठक सकिनेवित्तिकै शीतलनिवास प्रस्थान

रातोपोस्ट संवाददाता
६११ पटक

काठमाडौं, श्रावण ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसिरहेको सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।

ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटका लागि शीतलनिवास गएका छन् । स्रोतका अनुसार दुवै नेता एउटै समयमा शीतलनिवासतर्फ लागेका हुन् ।

उता, प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ घन्टा बसेको नेकपाको सचिवालय बैठकमा सहमती जुट्न सकेन । पछिल्लो विवादलाई केन्द्रमा राखेर सचिवालय बैठक बोलाइएको थियो ।

पछिल्लो समय पार्टीमा देखिएको संकट समाधानका लागि छलफल भइरहेको र यस्ता छलफललाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । भोलि हुने भनिएको स्थायी कमिटीको बैठक चाहिँ समयमा नै हुने श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस्