News Portal

  • मेची अभियानले बाढीबाट विस्थापित तारा शेर्माको घर बनाइदिने

    रातोपोस्ट संवाददाता
    ४७५ पटक

    झापा । झापाको शिवसताक्षी नगरपालिकामा रहेकाे बाढिबाट बिस्थापित तारा सेर्माकाे घर मेची अभियान बनाइदिने भएको हो । कनकाई नदीमा आएको बाढीबाट तारा शेर्माको परिवारले पक्की घरमा बस्न पाउने भएको ।

    शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले घर बनाइदिने भएको छ ।

    शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

    उनले भने, ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्मालाई पक्की घरमा भित्र्याउने योजना छ ।’

    जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भइसेका छन् । अब तारा शेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुनेछन् ।

    निर्माण सम्पन्न भइसकेका घर करिब ५ धुरमा बनेका छन् । शेर्माले पनि त्यति नै भूमि पाउने नगर प्रमुख शेर्माले बताए । उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)