News Portal

नाबालिका छोरी करणी गर्ने बावु पक्राउ

रातोपोस्ट संवाददाता
८३२ पटक

झापा, साउन ४ । आफ्नै नाबालिका छोरीलाइ एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको विर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना विवरण अनुसार आरोपितले पटक – पटक नबालिका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनः जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबरपश्चात इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाइ तत्काल नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताए । १२ वर्षिया नाबालिका छोरीलाई करणी गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घट्नापछि मानव अधिकारका लागि महिला एकल महिला झापाले शुक्रबार मुद्दा दर्ता गराएको समूहकी अध्यक्ष रेखा अधिकारीले बताईन् ।

प्रतिकृया दिनुहोस्