News Portal

पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टी

रातोपोस्ट संवाददाता
५६१ पटक

काठमाडौं, श्रावण ४ । नोभेल कोरोना भाइरसका १५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका हुन् ।

गत आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो । बिहीबार १६७, शुक्रबार १०१ र शनिबार ५७ जनालाई कोरोना संक्रमण भएको पाइएको थियो ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ६९५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्