News Portal

आज पाँच पोखरी सामुदायिक वनमा निर्वाचन हुदै, दुई अध्यक्षका उमेद्वार प्रतिष्पर्धामा

रातोपोस्ट संवाददाता
१०७७ पटक

झापा, साउन ४ । झापाको पाँच पोखरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा आज (सोमबार ) निर्वाचन हुने भएको छ । प्रतिस्पर्धाका साथ हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् ।

निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् । पदाधिकारी र सदस्य गरी २१ सदस्यीय समिति रहने ब्यवस्था भएपनि अध्यक्षबाहेक अन्य सदस्यहरु यस अघि नै सहमतिबाट टुङ्गो लागिसकेको निर्वाचन आयोगका सदस्य खीम प्रसाद आङवोले जानकारी दिए । निर्वाचनमा यस अघि ४ जनाले अध्यक्षको लागि दावी गरेको भएपनि उमेद्वारी दर्ता भने दुई जनाले मात्र गरेको निर्वाचन समितिले जनाएको छ ।

आफ्नो जित सुनिश्चित भएको दावी गर्दै अध्यक्षका उमेद्वारी बिक्रम खालिङ्गले वनमा हुने भ्रष्टचार अन्त्यको लागि आफ्नो उमेद्वारी आवश्यक भएको बताएका छन । दलको पूर्ण सहयोग रहेकाे र लामो समय सम्मको अनुभवको आधारमा उपभोक्ताहरुले आँफुलाई मत दिएर बिजयी गराउने बताए ।

खालिङ्गले यस अघि सचिव पदको जिम्मेवारी समेत सफलता पुर्वक सम्पन्न गरिसकेका छन् । उनले वनको केन्द्रिक्रित नीतिलाई संसोधन गरेर बिकेन्द्रिक्रित गर्नै आफ्नो योजना रहेको बताउँदै वनलाई पर्यटन क्षेत्रकाे रुपमा बिकाश गर्ने भएकाेले सबै मतदाताले मलाई मत दिएर जिताउने उनले बताए ।

अध्यक्षको उमेद्वारी आचार्य भने बन क्षेत्रमा भ्रष्टचार मौलाएको छ त्यसलाई रोक्न दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो त्यसैले भ्रष्टचार अन्त्यको लागि सबै मतदाताले मलाई मत दिएर जिताउने बताए ।

निर्वाचन सोमबार बिहान ८ बजेबाट सुरु भई ३ बजेसम्म सम्पन्न हुने निर्वाचन समितिका संयोजक बासुदेव खतिवडाले बताए । उनले भने निर्वाचन समितिले आचार संहिताका बारेमा जानकारी गराई सकेको छ । हामी मर्यादित र निस्पक्ष निर्वाचन गराउने छौ । निर्वाचन पुरा भई सकेपछि आजनै मत गणना हुने उनको भनाई छ । सो वनमा ५ सय ६० जना उपभोक्ता सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्