News Portal

  • पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    रातोपोस्ट संवाददाता
    ७६१ पटक

    चितवन, साउन ५ । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।

    पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ ।

    प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)