News Portal

  • पीसीआर गरेपछि मात्रै घर पठाइने

    रातोपोस्ट संवाददाता
    ५१३ पटक

    काठमाडौं, साउन ५ । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए ।

    विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।

    प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ ।

    उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । यसैबीच नेपालमा गत २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)