News Portal

जिल्ला न्यायाधीशका लागि २६ जना अन्तरवार्तामा छनोट

रातोपोस्ट संवाददाता
५३५ पटक

काठमाडौं, साउन ५ । न्याय सेवा आयोगले जिल्ला अदालतमा रिक्त २९ पदमा विज्ञापन गराएकोमा २६ जनामात्र अन्तर्वार्ताका लागि छानिएका छन् ।

२ सय २९ जना परीक्षामा सहभागी भएकोमा अन्तर्वार्ताका लागि माग गरिएको संख्याभन्दा कममात्रै उत्तीर्ण भएका हुन् ।
आयोगले आन्तरिक खुल्लाका लागि १४, खुल्ला ९, महिला १, आदिवासी जनजाति २, मधेसी २, अपांगता भएका १ र पिछडिएको क्षेत्र १ गर्दै विज्ञापन गरेको थियो । त्यसअनुसार सहभागीमध्ये २६ जनाको नाममात्रै अन्र्तवार्ताका लागि आयोगले छनोट गरेको छ ।

नाम निकाल्न सफल भएकालाई आयोगले क्रमसंख्याको आधारमा आगामी २१ देखि २४ साउनसम्म अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेर बोलाएको छ । आयोगका अनुसार जिल्ला न्यायाधीश परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रका कुनै पनि उत्तीर्ण भएको छैनन् ।

प्रतिकृया दिनुहोस्