News Portal

झापाका ३ जनासहित आज थपिए १८६ कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
१०१२ पटक

झापा, साउन ५ । सोमबार झापाका तीनजना सहित थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

झापाका संक्रमितमा कचनकवल र गौरीगञ्ज गाउँपालिकाका १/१ जना तथा दमक नगरपालिकाका १ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । आज थप ३ जनामा कोरोना पुष्टि भएसंगै झापामा संक्रमितको संख्या ३१७ पुगेको छ ।

४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । निको हुनेहरुको यो संख्या ६६.५१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस्