News Portal

  • पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा खालिङ्ग निर्वाचित

    रातोपोस्ट संवाददाता
    ५११ पटक

    झापा, साउन ५ । झापाको पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विक्रम खालिङ्ग निर्वाचित भएका छन् ।

    सोमबार भएको निर्वाचनमा खालिङ्गले ३ सय मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रत्यासी चेतन आचार्यले १९४ मत ल्याएका थिए । कुल मतदाता ५ सय ५७ मध्ये ५ सय १९ मत खसेकोमा २५ मत बदर भएको निर्वाचन समितिका संयोजक बासुदेव खतिवडाले बताए ।

    नेकपाका वडा सचिव समेत रहेका खालिङ्गलाई अन्य पार्टीको समेत मौन समर्थन रहेको थियो भने आचार्यलाई संघीय समाजवादीको समर्थन थियो । बुद्धशान्ति–५ र मेचीनगर ३ मा पर्ने उक्त सामुदायिक वन लामो समयदेखि नेतृत्वबिहीन थियो ।

    १० वटा क्षेत्रबाट यस अघिनै प्रतिनिधि छनौट गरी उपाध्यक्षमा दिलिप दनुवार, सचिवमा चन्द्रकला आचार्य, सहसचिवमा ज्ञानु अधिकारी र कोषाध्यक्षमा हिमा थापा चयन भइसकेका छन् । ३ वर्षे कार्यकालका लागि २१ सदस्य समिति निर्वाचित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)