News Portal

  • अज्ञात समूहले नगरपालिकाको गाडीमा आगजनी

    रातोपोस्ट संवाददाता
    ८१९ पटक

    कैलाली, साउन ६ । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आएको नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।

    घरमा पार्किङ गरि राखिएको अवस्थामा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। आगलागीबाट गाडीको पछाडी पट्टिको भाग जलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको विष्टले बताए। आगलागी कसले गरेको भन्ने खुलेको छैन्।

    केही दिनअघि कैलालीबाट गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, ब्युरो सदस्य पूर्णिमा धामीका साथै बैतडीका हिरासतमा रहेका जिल्ला सदस्य लोकेन्द्र धामी र करण ऐरलाई झुटा मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आज सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)