News Portal

नेकपा स्थायी कमिटी बैठक आज

रातोपोस्ट संवाददाता
४२५ पटक

काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बोलाइएको छ। पछिल्लोपटक ४ साउनमा बोलाइएको बैठक आज बिहान ११ बजे बस्‍ने गरी स्थगित गरिएको विज्ञप्ति निकालेर नेकपाले जनाएको थियो।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादका कारण १७ असारयता नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन। अध्यक्ष दाहाल र वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।

प्रतिकृया दिनुहोस्