News Portal

मंगलबार १५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
४९७ पटक

काठमाडौं, साउन ६ । नेपालमा मंगलबार विभिन्न अस्पतालबाट ६०९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म देशभर कोरोना मुक्त हुनेको संख्या १२४७७ पुगेको छ।

डिस्चार्जपछि हाल देशभरीका विभिन्न आइसोलेसनमा ५४७७ जना संक्रमित उपचाररत रहेका छन्। प्रदेश नम्बर १ मा १०८, प्रदेश नम्बर २ मा १९१३, बागमती प्रदेशमा ४०२१ र गण्डकी प्रदेशमा ३८० जना संक्रमित उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३७०, कर्णाली प्रदेशमा २९३ र सुदूरपश्चिम प्रदेशमा १९९२ जना संक्रमित उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये १५० जना मंगलबार थपिएकाहरू हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरका संक्रमितको कुल संख्या १७९९४ पुगेको छ भने क्वारेन्टिनमा २१७०४ जना रहेका छन्।

पीसीआर विधिबाट मंगलबार ३९६३ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म ३२३८३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस्