News Portal

  • नेपालमा कारोनाबाट पहिलोपटक विदेशीको मृत्यु

    रातोपोस्ट संवाददाता
    २६७ पटक

    काठमाडौं, श्रावण ७ । नेपालमा एक जना चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

    हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ ।

    नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । यसबाहेक हालसम्म नेपालमा कोरोनाबाट ४० जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको १७ हजार ९९४ पुगेको छ । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)