News Portal

  • नेपालमा आज थप १०० जनामा कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    २५९ पटक

    काठमाडौं, श्रावण ७ । पछिल्लो २४ घन्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। मंगलबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ ३ घन्टामा ३ हजार ७ सय ८४ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)