News Portal

कक्षा १२ को परीक्षा असोजमा लिने तयारी

रातोपोस्ट संवाददाता
३४० पटक

काठमाडौं, साउन ७ । कक्षा १२ को परीक्षा असोज पहिलो सातामा गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको हो। परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए।

‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजना बनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं।’

लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो। यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए। केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)