News Portal

राखेप सदस्यसचिवको सेवासुविधा सरकारको सचिवसरह हुने

रातोपोस्ट संवाददाता
४९१ पटक

काठमाडौं, साउन ७। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको सेवासुविधा अब नेपाल सरकारको सचिव सरह हुने भएको छ।

बुधबार सदस्यसचिव छनोटका लागि गठन भएको सिफारिस समितिले सेवासुविधा तोकेको हो। यसअघि सदस्यसचिवको सेवासुविधा राखेप बोर्डले निर्धारण गने व्यवस्था थियो। राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएपछि सदस्यसचिवको पारिश्रमिक सरकारी सिफारिस समितिले निर्धारण गरेको हो।

अब सदस्यसचिवको मासिक पारिश्रमिक ६० हजार रुपैयाँ हुनेछ। बुधबार बसेको सिफारिस समितिको बैठकले ले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो। नयाँ सदस्यसचिवका लागि तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ।

दरखास्त दिएका २७ जनामध्ये समितिले निवर्तमान सदस्यसचिव रमेश सिलवाल, लिलबहादुर थापा मगर र अञ्ज् श्रेष्ठको नाम सिफारिस गरेको हो। मन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि राखेपको सदस्यसचिव नियुक्त गर्नेछ। सदस्यसचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय टोली गठन भएको थियो। जसमा खेलकुद विज्ञ इन्दिरा निरौला र रिम रानाभाट सदस्य थिए।

प्रतिकृया दिनुहोस्