News Portal

  • राजविराज नगरपालिकामा आजदेखि निषेधाज्ञा जारी

    रातोपोस्ट संवाददाता
    ७५७ पटक

    सप्तरी, साउन ८। सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।

    जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआउँदासम्म कायमै रहनेछ । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि उनले जानकारी दिए। राजविराजको वडा नम्बर ६ का ७३ वर्षका पुरुषको केही दिनअघि कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।

    परिवारका पाँच जनासहित छरछिमेकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिएको हो । नगरपालिकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको जनाएको छ । स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालनमा रहने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)