News Portal

  • अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

    रातोपोस्ट संवाददाता
    ३२७ पटक

    कञ्चनपुर, श्रावण ८। अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् ।

    आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए ।

    कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उहाँले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।”

    सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)