News Portal

  • खाल्डोमा जमेको पानीले झापामा ३ जना बालकको ज्यान गयो

    रातोपोस्ट संवाददाता
    ५२८ पटक

    झापा,साउन ८ । झापाको भद्रपुरमा खाल्डोमा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
    प्रहरीका अनुसार बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए ।

    घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर फर्किएका थिएनन् । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।कान्तिपु दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)