News Portal

काँकरभिट्टाको सीमा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
११४२ पटक

झापा, साउन ९ । झापाको भारतीय सीमावर्ती नाका काँकरभिट्टा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य थप ७ जनामा समेत कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार थपिएका मध्ये शसस्त्र प्रहरीका १७ पुरुष र १ महिला छन् ।

आज संक्रमण पुष्टि भएकाहरु शसस्त्र प्रहरीहरु नेपाल–भारत सीमाक्षेत्र, काँकरभिट्टा होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएको बताइएको छ । यस अघि २ जना सशस्त्रका जवानमा कोरोना संक्रमण देखिएको थियो ।

गत साउन ७ गते थप ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । त्यस्तै, आजै बाह्रदशी गाउँपालिकाका ३, झापा गाउँपालिकाका ३ र बिर्तामोड नगरपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड आइशोलेसन केन्द्र लागिएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ । २ सय ९९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्