News Portal

  • पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा डिभिजन प्रमुख पक्राउ

    रातोपोस्ट संवाददाता
    ३३९ पटक

    सुनसरी, साउन १० । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डीएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साह घुस रकमसहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साह दम्पतीलाई स्रोत नखुलेको पाँच लाख ५३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

    आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले वन कार्यालयको बा २झ ४१० नम्बरको गाडीमा रौतहटतर्फ जाँदै गरेको अवस्थामा कोशी गाउँपालिका –८ सुनसरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    घुस रकम लिएर रौतहट जाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा आयोगले गाडी रोकि खानतलासी गर्दा सो रकम फेला पारेको थियो। साह दम्पतीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)