News Portal

शनिबार थपिए १०९ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
३४२ पटक

काठमाडौं, साउन १० । नेपालमा पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको छ । शनिबारसम्म १८ हजार १८३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५३८५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४०७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ । हालसम्म ३ लाख ३९ हजार १५७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।

थप एकजनाकाे संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४५ ज्यान पुगेको छ । । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्