News Portal

ओलीका प्रेस सल्लाहकार सूर्य थापाको प्रचण्डलाई प्रश्न- नक्सा जारी गर्न भनेको प्रमाण कहाँ छ ?

रातोपोस्ट संवाददाता
६९९ पटक

काठमाडौं, श्रावण १० । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्तिको खण्डन गरेका छन्। दाहालले भने जस्तो नेकपाको केन्द्रीय कमिटीबाट नेपालको नक्सा सार्वजनिक गर्ने निर्णय नभएको थापाले बताएका छन्।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले प्रधानमन्त्री ओलीकै अग्रसरतामा नक्सा जारी गरिएको उल्लेख गरेका छन्। उनले सर्वदलीय सहमतिका आधारमा नेपालका नक्सा जारी गरिएको र सुझाव दिनुजस्तो सजिलो नक्सा जारी गर्नु नहुने पनि उल्लेख गरेकाछन्। दाहाललको कार्यशैली र नेतृत्वप्रति पनि थापाले प्रश्न गरेका छन्। १५ दिन भित्र एकता टुंग्याउने केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन नभएको थापाले बताएका छन्।

सरकारले गरेको काममा सिंगो राष्ट्र एकढिक्का हुँदा विवाद र भ्रम छर्ने काम भएको पनि थापाले उल्लेख गरेका छन्। “विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ?”, थापाले प्रश्न गरेका छन्। उनले पार्टीभित्र मपाइत्व प्रदर्शन भएको समेत आरोप लगाएका छन्। “तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन?”, थापाले लेखेका छन्। दाहालले पार्टी निर्णयबाट नक्सा जारी गरिएको बताएका थिए।

प्रतिकृया दिनुहोस्