News Portal

  • सर्पदंशबाट यसरी बच्न सकिन्छ

    रातोपोस्ट
    ३५० पटक

    काठमाडौँँ, साउन ११ । सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा. सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन ।

    कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन । सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न ।
    बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिन्छ भन्नुहुन्छ । चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ । टेरेनन् भने मात्र डस्छ ।

    पहिलो डसाइमा उसले विष छाड्दैन । चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ । कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ । सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ ।

    राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ । जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ । तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ । यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ ।

    समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ । पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ । यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ । हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ । हिमालको सर्पमा विष हुन्न भनेर लापरबाही नगर्न उनी सुझाउँछन् । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)