News Portal

वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका वृद्धको मृत्यु

रातोपोस्ट संवाददाता
६७७ पटक

वीरगञ्‍ज, साउन ११ । वीरगञ्‍जस्थित नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचाररत एक जना वृद्धको मृत्यु भएको छ । आरडिटी पोजेटिभ देखिएका वीरगञ्‍ज आदर्शनगरका ६५ वर्षीय ती वृद्धको आइतबार विहान मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पिसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

नारायणीमा स्वाब दिएर उपचारका लागि शनिबार साँझ वीरगञ्‍ज हेल्थ केयर अस्पतालमा उपचारका लागि लगिएका उनलाई हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक अस्पतालमा उपचारका क्रममा स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनमा उपचार गर्दागर्दै आइतबार विहान मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कोरोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रतिकृया दिनुहोस्