News Portal

  • गिरीलाई पार्टी सदस्यता दिनु पर्दैन : सर्बोच्च

    रातोपोस्ट संवाददाता
    ३१८ पटक

    काठमाडौँ, साउन १२। सर्वोच्च अदालतले जनता समाजवादी दलबाट हटाइएकी सरीता गिरीलाई अन्तरिम आदेशबाट सो पार्टीको सदस्य र सांसद पदमा पुनर्वहाली गर्न नसकिने आइतबार आदेश गरेको छ ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले हाललाई अन्तरिम आदेशबाट सरीता गिरीलाई पुनर्वहाली गर्न नसकिने उल्लेख गरेको हो ।

    नेपालको सार्वभौमसत्ताविरुद्ध बोलेको आरोपमा उक्त दलको केन्द्रीय कार्य समितिले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । सो बमोजिम साँसद पद पनि गुमेको थियो ।

    आफूलाई विना कसूर पार्टीबाट हटाइएको उल्लेख गर्दै गिरीद्धारा सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)