News Portal

८२ जनाकाे पीसीआर परीक्षण नेगेटिभ

रातोपोस्ट संवाददाता
५९३ पटक

झापा, साउन १२ । झापाको मेचीनगरमा साउन ७ र ८ गते संकलित ८२ वटा पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोशी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट आज प्राप्त नतिजामा सबैको पीसीआर परीक्षण नेगेटिभ आएको सामाजिक विकास समिति मेचीनगर संयोजक नबिन बरालले बताए ।

भन्सार कर्मचारी, क्वारेन्टाइन, होल्डिङ क्षेत्र आसपासबाट संकलित स्वाब परीक्षणको नतिजामा कसैमा पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ । पछिल्लो समयमा ठुलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना फैलिएको चर्चा भईरहँदा आज ८२ वटा पीसीआर परीक्षणको नतिजा नेगेटिभ आउनु सुखद पक्ष रहेको समिति संयोजक बरालले जानकारी दिए ।

मेचीनगरले हिजोमात्र समुदायस्तरबाट ११७ जनाको स्वाब संकलन गरि परीक्षणको लागि पठाएको छ । मेचीनगरमा बिभिन्न स्थानमा समुदाय केन्द्रित परीक्षणलाई तीब्रता दिइएको छ ।

प्रतिकृया दिनुहोस्