News Portal

कोरोनाको कारण स्याङ्जाका एक युवकको साउदीमा मृत्यु

रातोपोस्ट संवाददाता
९०५ पटक

स्याङ्जा, साउन १३ । रोजगारीका लागि साउदी अरब पुगेका गल्याङ्का ३४ वर्षीय रोशन श्रेष्ठको कोरोनाबाट मृत्यु भएको छ । गल्याङ् नगरपालिका ८ तिनदोवाटे घर भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एनए मिडिया जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए ।

कोरोना सङ्क्रमण देखिएपछि साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा भर्ना गरिएको हो। उपचारकै क्रममा ३५ दिनमा आइतबार उनको मृत्यु भएको बताइएको छ ।

उनी नेपालमा लकडाउन हुनुभन्दा एक दिन अघिमात्र साउदी अरब पुगेको निर्देशक पंगेनीले बताए ।श्रेष्ठका पत्नी, आमा र एकजना भाइ छन् । पत्नीसहित साउदी बस्दै आएका श्रेष्ठले पछिल्लो पटक पत्नीलाई काठमाडौंमा बस्ने व्यवस्थापन मिलाएर आफूमात्र ५ महिनाअघि साउदी उडेका थिए ।

प्रतिकृया दिनुहोस्