News Portal

झापामा खोलाले बगाउँदा तीन बर्षे बालकको मृत्यु

रातोपोस्ट संवाददाता
७१९ पटक

बिर्तामोड, साउन १३ । झापाको बुद्धशान्ति गाउँपालिकामा खोलाले बगाउँदा एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ पिपलबोटेका महेश राईका ३ बर्षे छोरा मौषम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताएका छन् ।

घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको स्थानीय हडिया खोलाले बालक बगाएको थियो । खोलामा बग्दै गरेको अवस्थामा स्थानीयले तत्काल उद्धारगरी उपचारको लागि एक स्थानीय पोलिक्लिनिकमा लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्