News Portal

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडौं, साउन १३ । नेपालमा आज थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ। पाँच हजार ३२ जनाकाे स्वाब संकलन गरी परीक्षण गर्दा ३११ जनामा संक्रमण पुष्टि भएकाे हाे। आज देशभर एक सय २१ जना निको भएर डिस्चार्ज भएका छन्। याेसँगै हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिकृया दिनुहोस्