News Portal

पूर्वजर्नेल कुलबहादुर खड्काको निधन

रातोपोस्ट संवाददाता
६४५ पटक

काठमाडौँ, श्रावण १३ । नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतीमा नियुक्त गरे पनि त्यसबेलाका राष्ट्रपति रामवरण यादवले अस्वीकृत गरिदिएका थिए । ‘कट्वाल प्रकरण’ भनेर चिनिने यो घटनापछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका थिए।

उनी ५ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए । मंगलबार करिब दिउँसो ४ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनको केही साताअघि स्टोनको शल्यक्रिया गरिएको थियो । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।

प्रतिकृया दिनुहोस्