News Portal

थप २१० जनामा काेराेना सङ्क्रमण, १४६ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
५४८ पटक

काठमाडौं, श्रावण १४ । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा छ हजार ३७ जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्‍वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् ।

पछिल्लो सात दिनको कोरोना संक्रमितको तथ्याङक अनुसार साउन ८ गते १४७ जना,साउन ९ गते १३३ जना संक्रमित साउन १० गते १०९ जना, साउन ११ गते १३० जना, साउन १२ गते १३९ जना, साउन १३ गते ३११ जना कोरोना संक्रमित थपिएका थिए । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्