News Portal

  • त्रिशूलीमा मालबाहक कन्टेनर खसेर बेपत्ता

    रातोपोस्ट संवाददाता
    ३१३ पटक

    चितवन, १५ साउन । आज विहान विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

    ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)