News Portal

झापामा लागूऔषधसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
७१८ पटक

झापा, साउन १५ । झापा भद्रपुर नगरपालिका–४ मन्त्रीचोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा भद्रपुर नगरपालिका–३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र सोही मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय रोशन माझी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १ः०० बजे प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार व्यक्तिको झोला खानतलासी गर्दा NITROSUN- 10 लेखिएको कागजको ४ बट्टाभित्र रहेको ५ वटा पत्ताका दरले हरेक एक पत्तामा रहेको २० वटा चक्की (ट्याब्लेट ) गरी ४०० वटा चक्की र CODEINE ESKUF 100 ML लेखिएको ५० बोतल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्