News Portal

नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं, श्रावण १५ । नेपालमा पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ। बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्