News Portal

झापामा तीनजना सशस्त्र प्रहरीसहित ४ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
१०५६ पटक

झापा, साउन १५ । सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका तीन जना जवानमा कोरोना संक्रमण देखिएको छ । झापामा आज देखिएका चार मध्ये तीन जना सशस्त्र प्रहरी र एक जना दमक वडा नम्बर ५ की ४३ वार्षीया महिला हुन् । उनी भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेकी थिइन् ।

संक्रमितलाई उपचारमा लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यस अघि सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका २० जवान संक्रमित भइसकेको छ । बिहिवारका चारसहित झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्