News Portal

देउवाविरुद्ध आक्रामक बन्दै पौडेल पक्ष

रातोपोस्ट संवाददाता
६६० पटक

काठमाडौँ, श्रावण १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालय सानेपामा भेटेर लिखित पत्र बुझाएका छन् । महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति देउवाले विभाग र समितिमा मनोनयन गरेपछि पौडेल पक्षले आफ्नो असन्तुष्टि लिखित रुपमा बुझाएको हो ।

पौडेल पक्षके सभापति देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्न निर्वाचन आचारसंहिता मिचेर मनोनयन गरिरहेको बताउदै आएको छ । पौडेल पक्षले समायोजन सकिएका जिल्लामा पारदर्शी हिसाबले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनु पर्ने, भातृ संस्थाहरूको अधिवेशनबाट नै महाधिवेशनमा प्रतिनिधि आउने भएकोले अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

आफ्ना असन्तुष्टि लिखित रुपमा सभापति देउवालाई बुझाएपछि पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका थिए । नेता पौडेलले सभापतिलाई भेटेर आफ्ना कुरा राखेको र सभापति देउवाले मिलाएर गर्छु भनेपनि आफ्ना सुझावलाई नमानेको बताए ।

यस अघि काँग्रेसका ४७ विभागमध्ये सभापति देउवाले महत्वपूर्ण २० विभागमा संयोजक तोकिसकेका छन् भने अहिले ती विभागमा सदस्यहरू मनोनित गरिरहेका छन् । पौडेल पक्षले भने विधानविपरित हुने भन्दै सभापतिले मागे पनि आफ्ना पक्षबाट नाम नदिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्