
काठमाडौं, साउन १५ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले भने ‘तपाईंहरुको सेवामा निरन्तर रुपमा खटिँदा खटिँदै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु ।’
उनको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनले कोरोना संक्रमणलाई जितेर छिट्टै नगरबासीको सेवामा पुनः फर्किने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वीरगञ्जमा कोरोना समुदायस्तरमा नै फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरु बसेको क्वारेन्टाइन र संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।