News Portal

स्याङ्जामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु

रातोपोस्ट संवाददाता
६५९ पटक

स्याङ्जा, साउन १६ । स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।

वालिङ नगरपालिका-१३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा जीपका सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-१२ कि ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्