News Portal

काकरभिट्टामा १२ जना शसस्त्र प्रहरीलाई कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
७५९ पटक

मेचीनगर, साउन १६ । पुर्वी नाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण देखिएको बिराटनगर स्थीत कोशी अस्पतालको कोरोना उपचार केन्द्रले आज सार्वजनिक गरेको रिपोटमा उल्लेख गरेको छ ।

त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको नतिजा नेगेटिभ आएको छ । ८५ जना समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परिक्षण नेगेटिभ आएको हो ।

यस अघि २० जना सिमानाकामा सुरक्षामा रहेका शसस्त्र प्रहरीमा कोरोना सक्रमण देखिएको थियो । १२ जना संक्रमित थपिएसंगै मेचीनगरमा मात्रै कोरोना सक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्