News Portal

विराटनगरमा फेरि १४ दिन लकडाउनको घोषणा

रातोपोस्ट संवाददाता
३४० पटक

विराटनगर, श्रावण १६ । कोरोना संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन घोषणा गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । मेयर पराजुलीले महानगरमा संक्रमण थप फैलन नदिन लकडाउन घोषणा गरिएको बताए।

विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

महानगरपालिकाले लकडाउनअवधिभर सबैलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ। जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले शंका लागेमा परीक्षण गराउनसमेत आग्रह गरेको छ।

यसअघि महानगरपालिकाले साउन ११ मा सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने अतिआवश्यक सेवाबाहेकका अन्य सार्वजनिक सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्