News Portal

पछिल्लो २४ घन्टामा थपिए २ सय २४ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
७६७ पटक

काठमाडौं, श्रावण १६ । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

२४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।

२४ घन्टामा १० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । प्रवक्ता गौतमले १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्