News Portal

विप्लव नेकपाका रुपन्देही ईन्चार्ज संगमसहित दर्जन कार्यकर्ता पक्राउ

रातोपोस्ट संवाददाता
५३७ पटक

बुटवल, साउन १६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित दर्जन भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव निकट एक स्थानीय नेताले सुकुम्बासीसंग छलफलमा सहभागी भईरहेको बेला पुन सहित १ दर्जन कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्