News Portal

  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

    रातोपोस्ट संवाददाता
    २९३ पटक

    कञ्चनपुर, साउन १७ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

    उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । ‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौं’, प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

    उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौं’, थापाले भने ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)