News Portal

थप ३१५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २० हजार नाघ्यो

रातोपोस्ट संवाददाता
३२५ पटक

काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

शनिबारसम्म ११ हजार ५३३ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३३८ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ९९३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ८२ हजार ४९० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ रहेको छ ।

प्रतिकृया दिनुहोस्