News Portal

इलाममा एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
७०२ पटक

इलाम, साउन १७ । इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५७ पुगेको छ । गणभित्रका जवानमा दिनदिनै संक्रमितको संख्या बढेसँगै इलाममा सुरक्षा निकायबाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।

यसअघि गणका १० जनामा संक्रमण पुष्टि भईसकेको छ । आज थपिएको नयाँ १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका जवान मात्रै २७ पुगेको छ । एसपी थापाले भने, ‘अब बाँकी ४० जनाको श्वाब संकलनको तयारी भईरहेको छ ।’ पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँको कोरोना अस्पताल लैजान तयारी भईरहेको बताए ।

प्रतिकृया दिनुहोस्