News Portal

भारतमा एकै दिन ५७ हजार ७ सय ४ जना नया संक्रमित थपिए

रातोपोस्ट संवाददाता
८८२ पटक

एजेन्सी, साउन १८ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ। वर्ल्डमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्।

यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो। यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ।

संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ। भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

प्रतिकृया दिनुहोस्