News Portal

लगानी बोर्डको सिईओमा सुशिल भट्ट नियुक्त

रातोपोस्ट संवाददाता
४४९ पटक

काठमाडौं, साउन १९ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले भट्टलाई बोर्डको सिईअ‍ोमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सुदुरपश्चिम घर भएका भट्ट नेपालमा विदेशी लगानी ल्याउन सहजरीकरणका लागि स्थापना भएको लगानी बोर्डको सिइओमा नियुक्त भएका हुन् । यसमा राष्ट्रिय योजना आयोगका वर्तमान सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगमै योजना निर्माणको अनुभव रहेको छ।

सिइओ छनौटका लागि गठन भएको समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । समितिले पुर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशिल ज्ञवाली र डा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । वैदेशिक लगानी सम्बन्धि औपचारिक अध्ययन तथा शोध गरेका कोइराला हाल प्रदेश १ ले गठन गरेको लगानी प्रवर्द्धन प्राधिकरणको नेतृत्वमा छन् ।

प्रतिकृया दिनुहोस्