News Portal

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

रातोपोस्ट संवाददाता
६५४ पटक

विराटनगर, साउन १९ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ। ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छाती दुखेपछि उनी सोमबार बिहान साढे ९ बजे अस्पताल भर्ना भएका थिए। उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्डा डा चुमनलाल दासले बताए।

कोरोना परीक्षणका लागि बिहान १० बजे स्वाब संकलन गरिएको थियो। उपचारकै क्रममा उनको सवा तीन बजे मृत्यु भएपनि रिपोर्ट सवा ४ बजे आएको डा दासले जानकारी दिए। उनका अनुसार ती व्यक्ति मधुमेह र रक्तचापका बिरामी समेत थिए। उनको कुनै ट्राभल हिस्ट्रि नभएको उनले बताए।

प्रतिकृया दिनुहोस्